काभ्रेमा बर्डफ्लु नियन्त्रण गर्न ४० हजारभन्दा बढी कुखुरा र हाँस नष्ट
काठमाण्डौ । काभ्रेमा फैलिएको बर्डफ्लु संक्रमण नियन्त्रणका लागि प्रशासनले प्रभावित पोल्ट्री फार्ममा व्यापक नियन्त्रण अभियान सञ्चालन गरेको छ। हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय, धुलिखेलले जनाएको छ।

