HEALTH/HOSPITAL

नर्भिक ३०० शैयाको अस्पताल बन्दैः बिस्तारको लागत बढेर रु. ३.६७ अर्ब पुग्यो, रेटिङ एजेन्सीले औंल्यायो अवसर र चुनौति

काठमाण्डौ । नर्भिक इन्टरनेशनल अस्पताल एण्ड मेडिकल कलेज (NIHL) ले आफ्नो वित्तीय स्थायित्व कायम राख्न सफल भएको छ। तर, यसको हालैको विशाल विस्तार योजनाले अस्पताललाई नयाँ अवसरसँगै उच्च वित्तीय जोखिम पनि थपिदिएको छ। CARE Ratings Nepal ले सेप्टेम्बर २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, अस्पतालका दीर्घकालीन ऋण सुविधामा CARE-NP BBB र छोटो अवधिका सुविधामा CARE-NP A3+ को रेटिङ कायम गरिएको छ।