ISO मान्यतासँगै सिटिजन लाइफको विश्वसनीयता थप मजबुत
काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्दै ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ।यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो, जसले कम्पनीको गुणस्तर व्यवस्थापन प्रणाली विश्वस्तरका मापदण्डअनुसार सञ्चालन भइरहेको पुष्टि गर्छ।

