चितवनमा विवाह भोजपछि फुड पोइजनिङ, ९३ जना बिरामी, २ जना सिकिस्त, आईसीयूमा उपचार हुँदै
काठमाण्डौं । चितवनको भरतपुर महानगरपालिका–४स्थित धर्मचोकमा रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाह समारोहपछि ठूलो संख्यामा सहभागीहरू बिरामी परेका छन्। भोजमा सहभागीमध्ये ९३ जनामा खाद्य विषाक्तताको लक्षण देखिएको छ भने ५० जना अझै उपचाररत छन्।

