एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय
काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अर्को सूचना नआएसम्मका लागि निलम्बनको निर्णय गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत उक्त निर्णय गरेको जनाएको छ।निलम्बनसँगै एन्फाले फिफा सदस्यको हैसियतमा प्राप्त गर्दै आएका सबै अधिकार तत्कालका लागि गुमाएको छ। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति मात्र होइन,...

