कर्जाको साँवाब्याज भुक्तानीको समय थप गर्न राष्ट्र बैंकलाई एफएनसीसीआईको आग्रह, सेयर लगानीकर्ताले पाउनेछन् सुविधा
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवाब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ । महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्रबैंक गएको महासंघको टोलीले राष्ट्रबैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।