गैँडाको खाग किनबेच गर्दै पक्राउ परे तीन व्यक्ति
काठमाण्डौं । राजधानीको दरबारमार्ग क्षेत्रमा गैँडाको खाग खरिद–बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।बुधबार दरबारमार्गस्थित एक होटलमा दुर्लभ वन्यजन्तुको अंग कारोबार भइरहेको जानकारीपछि प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

