सिरहामा गागन खोलाको पुल नजिकै सडक भासिँदा हुलाकी राजमार्ग बन्द, यातायात वैकल्पिक मार्गमा
काठमाण्डौ । सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा निर्माणाधीन पुल नजिकैको सडक भासिएपछि हुलाकी राजमार्ग भएर चल्ने सवारीसाधन वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।स्थानीयका अनुसार पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन र वर्षाका कारण भएको तीव्र कटानले सडकको भित्री संरचना कमजोर बनेर भासिएको हो।

