आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले आफ्नो नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ तोकिएको छ ।

