कालीकोटका तीन स्थानीय तहद्वारा १ अर्ब ४२ करोड ३८ लाख बढीको बजेट सार्वजनिक
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कालीकोटका तीन स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले आफ्नो वार्षिक बजेट तथा विकास प्राथमिकता सार्वजनिक गरेका हुन्।

