पहिरोले मेची राजमार्ग अवरुद्ध, चार जिल्लाको यातायात प्रभावित
काठमाण्डौ । लगातारको वर्षापछि आएको पहिरोले मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित बनेको हो।

