नगर प्रहरीको कारबाहीविरुद्ध दृष्टिविहीनहरूको माइतीघरमा धर्ना, वैकल्पिक व्यवस्था माग
काठमाण्डौ । काठमाडौंको माइतीघरमा दृष्टिविहीन व्यक्तिहरूले सडकपेटीबाट हटाउने नगर प्रहरीको कदमको विरोधमा धर्ना दिएका छन्। वैकल्पिक व्यवस्था बिना हटाइँदा आफ्नो जीविकोपार्जन प्रभावित भएको भन्दै उनीहरूले आन्दोलन शुरु गरेका हुन्।

