महेश बस्नेतकी श्रीमतीसहित १० जनाविरुद्ध ज्यान मार्ने मुद्दा
काठमाण्डौं । माइतीघर मण्डलामा धर्नामा रहेकी शोभा पाठकमाथि भएको आक्रमण प्रकरणमा ज्यान मार्ने उद्योगको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार जिल्ला अदालत काठमाडौँमा उक्त मुद्दा दर्ता गरेको हो ।

