राहदानी प्रकरणमा बालेन टिमको आशंका एक महिनामै कमजोर, जर्मन कम्पनीले थाल्यो राहदानी छपाइ
काठमाण्डौ । राहदानी छपाइको नयाँ ठेक्का पाएका कम्पनीहरूले सेवा सुरु गरेपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयले यसअघि उठाएको आशंकामाथि प्रश्न उठेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गत असार १ गते भएको छलफलमा प्रधानमन्त्री शाहका सल्लाहकारहरूले नयाँ ठेकेदार कम्पनीले समयमै उपकरण र सफ्टवेयर ल्याउन नसक्ने तथा राहदानी छपाइमा समस्या आउने दाबी गरेका थिए।...

