Live Update
2 मिनेट अगाडी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले आफ्नो अग्रता थप फराकिलो बनाएकी छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ८८ मतसहित पछ्याइरहेका छन्।
Live Update
5 मिनेट अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म खनालले २,२३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्रीले ६०० मत पाएका छन्।
Live Update
12 मिनेट अगाडी
रौतहट । रौतहट क्षेत्रनम्बर ४ को प्रारम्भिक मतगणनामा पत्रकार ऋषि धमलाको शून्य मत प्राप्त भएको छ ।
प्रारम्भिक मत परिणामअनुसार रास्वापका उम्मेद्वार गणेश पौडेलले ७७४ मतसहित अग्रता लिएका छन् ।
Live Update
21 मिनेट अगाडी
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक मतगणना भइरहेका देशका ३८ निर्वाचन क्षेत्रमध्ये ३२ स्थानमा रास्वपा शानदार मतसहित अग्रता लिइरहेको छ।
Live Update
38 मिनेट अगाडी
काठमाण्डौ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणना परिणाम सार्वजनिक भएको छ।
हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्यालले १,५५० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
Loading more updates...