नेपाल–बंगलादेश थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना भारतको अनुमति नपाउँदा अड्कियो
काठमाण्डौ । नेपालले भारतको प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना अघि बढाएपनि भारतीय पक्षले प्राविधिक कारण देखाउँदै अनुमति दिन ढिलाइ गरेको छ।हाल नेपालबाट भारत हुँदै बंगलादेश ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।

