नेपाली चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन
काठमाण्डौ । सरकारले नेपाली चिया निर्यातमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरूको समाधान खोज्न उच्चस्तरीय विशेष समिति गठन गरेको छ। निर्यात प्रक्रियामा देखिएका प्राविधिक, व्यापारिक र गुणस्तरसँग सम्बन्धित अवरोधहरूको अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

