रुपन्देहीमा लगातार वर्षा : घमाहा खोला डाइभर्सन डुबान, पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाण्डौ । लगातारको अविरल वर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रस्थित घमाहा खोला डाइभर्सन डुबानमा परेपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।बिहीबारदेखि जारी वर्षाका कारण खोलामा पानीको बहाव असामान्य रूपमा बढेपछि डाइभर्सनमाथिबाटै पानी बग्न थालेको हो।

