देशभर विपद्को कहर : तीनको मृत्यु, २३ लाखभन्दा बढी क्षति
काठमाण्डौ । देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार साउन २ गते साँझदेखि भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। जोखिमपूर्ण क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी...

