सूचीकृत जीवन बीमकले कमाए रु.५.५० अर्ब नाफा, अधिकांशको इपीएसमा गिरावट
काठमाण्डौ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए ।गत आवमा ५ वटा जीवन बीमकको नाफा अघिल्लो आवको तुलनामा घटेको...