ग्रे लिस्ट’ दबाबबीच सम्पत्ति शुद्धीकरण विधेयक राष्ट्रियसभाबाट पारित
काठमाण्डौ। राष्ट्रियसभाबाट ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ।प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको उक्त विधेयक आजको राष्ट्रियसभा बैठकले पारित गरेको हो। अध्यादेशलाई विस्थापन गर्ने उद्देश्यसहित सरकारले सो विधेयक अघि बढाएको थियो। राष्ट्रियसभाबाट पारित भएसँगै अब...

