सिन्धु विकास बैंकको खुद नाफा २८७% ले बढ्यो, वितरणयोग्य मुनाफा भने २०.७५ करोडले ऋणात्मक
काठमाण्डौ । सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ११ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर...