रोजगारीको मागसहित दृष्टिविहीन ९ दिनदेखि माइतीघरमा धर्नामा
काठमाण्डौ । दृष्टिविहीनहरूले आफ्नो जीविकोपार्जन र अधिकारसँग सम्बन्धित विभिन्न माग उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा लगातार ९ दिनदेखि शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन्। उनीहरूले नगर प्रहरीको व्यवहार र वैकल्पिक रोजगारीका अवसर अभावप्रति राज्य तथा स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराएका छन्।

