राजस्व दबाबकाबीच विराटनगरको बजेट सार्वजनिक, डिजिटल सेवा र विकास आयोजनामा केन्द्रित
काठमाण्डौ । आर्थिक गतिविधिमा आएको सुस्तता र राजस्व सङ्कलनमा देखिएको चुनौतीका बीच विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपियाँको बजेट ल्याएको छ। सीमित स्रोतसाधनका बाबजुद महानगरले डिजिटल प्रविधि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको हो।

