काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । नपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ ।
यो दर हालसम्मकै उच्च हो ।
यस्तै आज एक यूरोको खरिददर १७०.२० रुपैयाँ र बिक्रीदर १७०.९० रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.९५ रुपैयाँ र बिक्रीदर १९४.७५ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.२९ रुपैयाँ र बिक्रीदर ९६.६९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४५ रुपैयाँ र बिक्रीदर ३९.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५६ रुपैयाँ र बिक्रीदर २०.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४० रुपैयाँ र बिक्रीदर ३५.५५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.७६ रुपैयाँ र बिक्रीदर ३९.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७२.१४ रुपैयाँ र बिक्रीदर ४७४.०९ रुपैयाँ कायम भएको छ ।

