काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९५ हजार १ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५२ हजार ७४५ रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ४० रुपैयाँले घट्दै प्रतितोला ५ हजार ३० रुपैयाँ कायम भएको छ ।

