बिहीबार, असार ११,२०८३ 11:41:26
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:41:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन, यस्तो छ कारण

Laxmi Sunrise Bank Limited
आत्मनिर्भर लघुवित्तको सेयर कारोबार स्थगन, यस्तो छ कारण

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।  

संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार समयमा नट्समार्फत गराइएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप संस्थाको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, नेप्सेले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.