बिहीबार, असार ११,२०८३ 12:50:43
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:50:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

Laxmi Sunrise Bank Limited
गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

काठमाण्डौ । गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

सभामा प्रस्तुत आ.ब. २०८०/८१ का वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यसैगरी, सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुमा दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।  साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट चयन भएका छन् । नवनिर्वाचित सञ्चालकमध्ये बस्याल, श्रेष्ठ र पाण्डे पुराना अनुहार हुन् भने बाँकी नयाँ अनुहार हुन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभालगत्तै बसेको सञ्चालकहरुको बैठकले बैंकको सञ्चालक समितिको अध्यक्षमा दिलिपप्रताप खाँडलाई मनोनीत गरेको समेत विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्षको रुपमा श्याप्रसाद बस्यालले काम गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.