मंगलवार, भाद्र २४,२०८२ 10:54:07
  • मंगलवार, भाद्र २४,२०८२ 10:54:07
Global IME Bank Limited

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

Hyundai Nepal
गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

काठमाण्डौ । गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा प्रस्तुत आ.ब. २०८०/८१ का वार्षिक प्रतिवेदन लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यसैगरी, सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुमा दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।  साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट चयन भएका छन् । नवनिर्वाचित सञ्चालकमध्ये बस्याल, श्रेष्ठ र पाण्डे पुराना अनुहार हुन् भने बाँकी नयाँ अनुहार हुन् ।

सभालगत्तै बसेको सञ्चालकहरुको बैठकले बैंकको सञ्चालक समितिको अध्यक्षमा दिलिपप्रताप खाँडलाई मनोनीत गरेको समेत विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्षको रुपमा श्याप्रसाद बस्यालले काम गरेका थिए ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.