लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आगामी पुस महिनामा वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय गरेको हो ।उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद...

