काठमाण्डौ । सनलाइफ क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ का लागि चुक्तापूँजीको ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।