काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको म्यादभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा के कति सेयर खरिद गर्ने हो सबै व्यहोरा खुलाई निवदेन दिन सक्नेछन् ।

