Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कहिले बस्दै छ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा ?, के–के छन् अजेण्डामा ?

Global IME Bank Limited
कहिले बस्दै छ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा ?, के–के छन् अजेण्डामा ?
Nabil Bank Limited

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुँदैछ ।  

साविकको आइएमई जनरल इन्स्योरेन्स र  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बनेको हो । मर्जरपश्चात भने यो कम्पनीको पहिलो साधारण सभा हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा सेयरधनीहरुलाई कुनै पनि लाभांशको प्रस्ताव पेश गरिने छैन ।  सभामा कम्पनीको संशोधित नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुने फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक(१ महिलासहित) तथा २ जना सर्वसाधारण समूहतर्फका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० देखि २० गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । 


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.