काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृत (सहायक सीईओ) दामोदर भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी दिएको छ।
कम्पनीको गत ३ गते बसेको सञ्चालक समिति बैठकले भण्डारीलाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
उनी कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ हुन्।
निर्णयअनुसार भण्डारीले सोही दिनदेखि नै निमित्त सीईओको जिम्मेवारी सम्हाल्न थालेका छन्।
नियमित सीईओको अनुपस्थितिमा कम्पनीको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय कामकाज सञ्चालन गर्ने जिम्मेवारी उनलाई दिइएको हो।
नेपाल पुनर्बीमा कम्पनीले नेतृत्व तहको निरन्तरता र संस्थागत कामकाजलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

