बिहीबार, असार ४,२०८३ 01:44:08
Bizshala
  • बिहीबार, असार ४,२०८३ 01:44:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६३ उद्योगको पानी र बिजुली लाइन काट्यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले

Laxmi Sunrise Bank Limited
६३ उद्योगको पानी र बिजुली लाइन काट्यो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले
Shivam Cement

काठमाण्डौ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि भाडा, सेवा शुल्क तथा अन्य बक्यौता नतिर्ने ६३ उद्योगको पानी र बिजुली आपूर्ति बन्द गरेको छ।  

सरकारी स्वामित्वका जग्गा, भवन तथा पूर्वाधार प्रयोग गर्दै आएका उद्योगहरूले नियमित भुक्तानी नगरेपछि देशभरका १० औद्योगिक क्षेत्रहरूमा कारबाही गरिएको हो।

Bizshala
New Office
CG Motors

लिमिटेडका अनुसार लाइन काट्ने प्रक्रिया शुरु भएकै दिन करिब १० करोड रुपैयाँ बक्यौता असुल भएको छ।  

कारबाहीमा सबैभन्दा धेरै बालाजु औद्योगिक क्षेत्रका उद्योगहरू परेका छन् भने हेटौंडा, पाटन, पोखरा, बुटवल, भक्तपुर, नेपालगञ्ज, धरान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका उद्योगहरू पनि समेटिएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

कारबाहीपछि बक्यौता भुक्तानी गरेका ८ उद्योगको सेवा पुनः सञ्चालन गरिएको छ।  

हाल ५५ उद्योग अझै पानी र बिजुलीविहीन अवस्थामा रहेका छन्।  

लिमिटेडले बक्यौता नतिर्ने अन्य उद्योगहरूमाथि पनि चरणबद्ध रूपमा कारबाही जारी रहने जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.