शुक्रबार, श्रावण १,२०८३ 02:33:26
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:33:26
Bizshala
Global IME Bank Limited

फौजदारी अभियोग लागेका सीइओहरु निलम्बन हुने प्राधिकरणको प्रष्टीकरण, क–कसको गयो जागिर ?

फौजदारी अभियोग लागेका सीइओहरु निलम्बन हुने प्राधिकरणको प्रष्टीकरण, क–कसको गयो जागिर ?
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले फौजदारी अभियोगमा मुद्दा दर्ता भइसकेका बीमा कम्पनीका सीईओ तथा कर्मचारीहरु स्वतः निलम्बन हुने प्रष्ट पारेको छ ।  

प्राधिकरणले पत्र पठाउँदै सम्बन्धित बीमा कम्पनी वा सीईओ विरुद्ध सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिंग)निवारण ऐन, २०६४ तथा विदेशी विनिमय ऐन, २०१९ अन्तर्गतको कसूरमा विशेष अदालत, काठमाण्डौमा मुद्दा दायर भएकाले सम्बन्धित कम्पनीका सीईओ तथा कर्मचारीहरु निलम्बन हुने स्पष्ट पारेको हो ।  

प्राधिकरणका उप निर्देशक विरोध भट्टका अनुसार सम्बन्धित सीइओ तथा कर्मचारीहरु सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम निलम्बन भएका हुन् ।  

फौजदारी अभियोग लागेका, फरार सूचीमा समावेश भएका र सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गरेका व्यक्तिहरु कार्यालयमै उपस्थित भएर काम गरिरहेको पाइएकाले प्राधिकरणले त्यस्ता व्यक्तिहरु निलम्बन हुने प्रष्ट पारेको हो ।  

फौजदारी अभियोग लागेकाहरु सीइओहरुमा बीमा कसुरमा गार्डियन माइक्रो लाइफका सीइओ चिरायु भण्डारी, हिमालयन रि इन्स्योरेन्सका सीइओ उपासना पौडेल, हिमालयन लाइफका कपिल दाहाल, नेपाल माइक्रो इन्स्योरेन्सका सीइओ मृगेन्द्र रिमाल रहेका छन् ।  

त्यस्तै, धितोपत्र कसुरमा भने क्रेष्ट माइक्रो लाइफका प्रतापमान सिंह, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश रोक्का र लिबर्टी माइक्रो इन्स्योरेन्सका राम यादव रहेका छन् ।  

साथै नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापा पनि सम्पत्ति शुद्धीकरणको मुद्दाले स्वतः निलम्बनमा परेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.