काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरीवाना)मा छुटको व्यवस्था गरेको छ ।
कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका जतिसुकै अवधिमा बीमालेखहरु असार २ गतेदेखि १९ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा ५० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ ।
यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ ।

