मंगलवार, असार २,२०८३ 09:23:07
Bizshala
  • मंगलवार, असार २,२०८३ 09:23:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिलोपटक विश्वकप खेलेको केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो

Laxmi Sunrise Bank Limited
पहिलोपटक विश्वकप खेलेको केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो
Shivam Cement

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उपाधि दाबेदार तथा युरोपियन च्याम्पियन स्पेनलाई विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेलेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो आश्चर्यजनक नतिजा निकालेको छ।

खेलभर बलमाथि करिब ७५ प्रतिशत नियन्त्रण कायम गरेको स्पेनले २७ वटा प्रहार गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। ४० वर्षीय गोलरक्षक भोसिन्हाले लगातार महत्वपूर्ण बचाउ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक एक अंक दिलाए।

Bizshala
New Office
CG Motors

स्पेनका फरवार्ड फेरान टोरेस गोल नजिक पुगेका थिए भने दोस्रो हाफमा मैदान प्रवेश गरेका युवा स्टार लामिन यमालले पनि खेलको नतिजा बदल्न सकेनन्।

खेलपछि स्पेनका मुख्य प्रशिक्षक लुइस दे दाले टोलीले अवसर सिर्जना गरे पनि अन्तिम क्षणमा प्रभावकारी प्रदर्शन गर्न नसकेको स्वीकार गरे। उनले आगामी खेलहरूमा सुधार गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

Garima Development Bank
Shivam Cement
Bizshala

विश्वकप इतिहासमै पहिलो सहभागितामा केप भर्डेले बलियो स्पेनविरुद्ध अंक खोस्न सफल भएपछि समूह ‘एच’ को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। यो नतिजाले स्पेनमाथि दबाब बढाएको छ भने केप भर्डेको नकआउट चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.