इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि अर्जेन्टिनाका प्रशिक्षक ढुक्क, भन्छन्, ‘थकान होइन, विश्वकप जित्ने लक्ष्य महत्वपूर्ण’
काठमाण्डौ। फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्नुअघि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले टोलीको थकान र पछिल्लो प्रदर्शनबारे आफू चिन्तित नरहेको बताएका छन्। साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यसहित बुधबार इंग्ल्यान्डविरुद्ध मैदान उत्रँदैछ।एटलान्टामा हुने खेलको पूर्वसन्ध्यामा पत्रकारसँग कुरा गर्दै...

