काठमाण्डौ । नेपाली युवामाझ लोकप्रिय Extreme Energy Drinks ले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को उत्साहलाई लक्षित गर्दै ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार उक्त अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको क्यानमा रहेको क्यूआर (QR) कोड स्क्यान गरी आफ्नो विवरण भर्ने ग्राहक गोलाप्रथामार्फत उपहार योजनामा सहभागी हुन सक्नेछन्।
योजनामार्फत तीन जना भाग्यशाली विजेतालाई जनही सुनको सिक्का प्रदान गरिने कम्पनीले जनाएको छ। यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल २०२६ को खेल अवधिभर सञ्चालन हुनेछ।
विश्वकप फुटबलको विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यसहित योजना ल्याइएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ‘स्क्यान मा सुन’ अभियानले फुटबलप्रेमी युवामाझ मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले यसअघि पनि युवामुखी विभिन्न प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै कम्पनीले यो अभियानले बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरेको जनाएको छ।

