काठटमाण्डौ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत भएको अन्तिम खेलमा क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै समूहको उपविजेता बनेर अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
फिलाडेल्फियामा सम्पन्न खेलमा क्रोएसियाका पेटार सुचिचले ३१औँ मिनेटमा लामो दूरीबाट आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा घानाका डेरिक लकासेनले बराबरी गोल फर्काए। उक्त गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले करिब पाँच मिनेटसम्म समीक्षा गरेपछि मान्यता दिएको थियो।
तर खेलको ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको कर्नर पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई २–१ को जित दिलाए। यो असिस्टसँगै ४० वर्षीय मोड्रिच विश्वकप इतिहासमा असिस्ट गर्ने सबैभन्दा उमेरदार खेलाडी बनेका छन्।
यस नतिजासँगै समूह एलको विजेता इङ्ग्ल्यान्ड बनेको छ भने क्रोएसिया दोस्रो र घाना तेस्रो स्थानमा रहे। पनामा भने प्रतियोगिताबाट बाहिरिएको छ।
क्रोएसियाले अन्तिम ३२ मा समूह ‘के’ को दोस्रो स्थानमा रहने टोली (कोलम्बिया वा पोर्चुगलमध्ये एक) सँग प्रतिस्पर्धा गर्नेछ।

