आईतवार, असार १४,२०८३ 10:22:10
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:22:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धुलिखेल–खावा सडकखण्डमा राति सवारी बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Laxmi Sunrise Bank Limited
धुलिखेल–खावा सडकखण्डमा राति सवारी बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सडक स्तरोन्नतिको कामलाई अन्तिम चरणमा पुर्‍याउन आगामी १५ दिन रातिको समयमा सवारी आवागमनमा कडाइ गरिने भएको छ।

कालोपत्रको कामलाई अवरोधरहित बनाउन जिल्ला सुरक्षा समितिले असार २२ देखि साउन ४ गतेसम्म विशेष ट्राफिक व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

निर्णयअनुसार सो अवधिभर टिपर र ठूला मालवाहक ट्रकलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।  

अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सडक प्रवेश गर्न नदिइने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्षको अन्त्यसँगै निर्माण सामग्रीको ढुवानीलाई असर नपर्ने गरी निर्माण कार्यको समय व्यवस्थापन गरिएको हो।  

सडक निर्माणको गति बढाउन र ट्राफिक चाप कम गर्न यात्रु तथा ढुवानी व्यवसायीलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रातिको प्रतिबन्धका बाबजुद एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवामा संलग्न सवारीसाधन भने नियमित रूपमा सञ्चालन गर्न दिइनेछ।  

साथै, यातायात व्यवस्थापन प्रभावकारी बनाउन काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जनाइएको छ।

धुलिखेल–खावा सडकखण्डमा यसअघि पनि गत चैतमा करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा यातायात बन्द गरी दिनको समयमा एकतर्फी सवारी सञ्चालन गरिएको थियो।  

त्यस अवधिमा करिब २.५ किलोमिटर सडकमा डीबीएम तथा कालोपत्रको काम सम्पन्न गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.