आईतवार, असार १४,२०८३ 11:36:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:36:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तिम मिनेटको गोलसँगै अस्ट्रिया अल्जेरियासँग बराबरी गर्न सफल, इरान समूह चरणबाट बाहिरियो

Laxmi Sunrise Bank Limited
अन्तिम मिनेटको गोलसँगै अस्ट्रिया अल्जेरियासँग बराबरी गर्न सफल, इरान समूह चरणबाट बाहिरियो

काठमाण्डौ । फिफा विश्वकपको समूह चरणमा अल्जेरिया र अस्ट्रियाबीच ३–३ को रोमाञ्चक बराबरी भएपछि इरानको अन्तिम ३२ मा पुग्ने सम्भावना समाप्त भएको छ।

समूह चरणको अन्तिम निर्णायक खेलमा अस्ट्रियाका सब्स्टिच्युट सासा कालाजिकले अन्तिम मिनेटमा बराबरी गोल गर्दै आफ्नो टोलीलाई हारबाट जोगाए। सो बराबरीसँगै अस्ट्रिया समूह उपविजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ, जहाँ उनीहरूले स्पेनको सामना गर्नेछन्।

New Office
CG Motors
Garima Development Bank

उता अल्जेरिया पनि समूह चरणमा पर्याप्त अंकका आधारमा उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ र अब स्विट्जरल्यान्डसँग खेल्नेछ।

इरानले भने इजिप्टसँगको १–१ को बराबरीपछि अन्य खेलहरूको नतिजामा भर पर्नुपरेको थियो। क्रोएसिया र डेमोक्रेटिक रिपब्लिक अफ कंगोको जित तथा अल्जेरिया–अस्ट्रियाबीचको बराबरीले इरानको यात्रा अन्त्य गरेको हो। इरानले समूह चरणका खेलहरूमा राम्रो प्रदर्शन गरे पनि आवश्यक अंक र गोल अन्तर पुर्याउन असफल रह्यो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेषगरी इजिप्टसँगको खेलमा इरानले अन्तिम समयमा गरेको सम्भावित विजयी गोल अफसाइड ठहरिएपछि टोलीको नकआउट चरण पुग्ने आशा झनै कमजोर बनेको थियो।

यससँगै इरान विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गर्न असफल भएको छ, भने अल्जेरिया र अस्ट्रिया दुवैले आफ्नो यात्रा अगाडि बढाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.