आईतवार, असार १४,२०८३ 10:21:10
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:21:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालीमाटीले सार्वजनिक गर्‍यो आइतबारको तरकारी तथा फलफूलको थोक मूल्यसूची

Laxmi Sunrise Bank Limited
कालीमाटीले सार्वजनिक गर्‍यो आइतबारको तरकारी तथा फलफूलको थोक मूल्यसूची

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  

समितिले मौसमी उत्पादनको उपलब्धताका आधारमा कृषिउपजको मूल्य निर्धारण गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सार्वजनिक मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ भने सानो लोकल गोलभेँडा १० रुपैयाँ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा २० रुपैयाँ प्रतिकिलो तोकिएको छ।  

आलुतर्फ रातो लाम्चो ४० रुपैयाँ, रातो गोलो र मुढे आलु ३५–३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ तथा सेतो आलु पनि ३० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ।  

भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला २० रुपैयाँ तथा लाम्चो र डल्लो भन्टा क्रमशः २० र ३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

यसैगरी, बोडी ४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, स्थानीय तथा हाइब्रिड घिउ सिमी ६०–६० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ५० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

सागपाततर्फ रायोसाग ४० रुपैयाँ, पालुङ्गो र चमसुरको साग ६०–६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

च्याउमा कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४८० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरी मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।

अन्य उत्पादनमध्ये कुरिलो ३०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली र चुकन्दर ७०–७० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग ९० रुपैयाँ, सेलरी १६० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ६० रुपैयाँ, पुदिना २०० रुपैयाँ, गान्टेमूला ६० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप १०० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ७० रुपैयाँ, हाइब्रिड काँक्रो ३० रुपैयाँ, लोकलक्रस काँक्रो ६० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची २०० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ तथा काँचो नरिवल प्रतिकिलो ८० रुपैयाँमा बिक्री हुने अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.