शुक्रबार, जेष्ठ २९,२०८३ 09:58:42
Bizshala
  • शुक्रबार, जेष्ठ २९,२०८३ 09:58:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपमा दक्षिण अफ्रिकालाई हराउँदै मेक्सिकोको विजयी सुरुआत, पहिलोपटक उद्घाटन खेलमा तीन ‘रेड कार्ड’

Laxmi Sunrise Bank Limited
विश्वकपमा दक्षिण अफ्रिकालाई हराउँदै मेक्सिकोको विजयी सुरुआत, पहिलोपटक उद्घाटन खेलमा तीन ‘रेड कार्ड’
Shivam Cement

काठमाण्डौ । सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। अज्टेका रंगशालामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेल तीन रातो कार्डका कारण पनि चर्चित रह्यो।

मेक्सिकोका लागि खेलको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्न सफल भए। दक्षिण अफ्रिकी रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा राउल जिमेनेजले हेडमार्फत दोस्रो गोल थप्दै मेक्सिकोको जित सुनिश्चित गरे।

Bizshala
New Office
CG Motors

खेलको दोस्रो हाफमा दक्षिण अफ्रिका दबाबमा पर्यो। स्फेफेलो सिथोले प्रतिद्वन्द्वी खेलाडीलाई पछाडिबाट फाउल गरेपछि रातो कार्ड पाए। त्यसपछि ८४औँ मिनेटमा भीएआर समीक्षा पश्चात् थेम्बा ज्वानेपनि मैदानबाट बाहिरिए, जसले दक्षिण अफ्रिकालाई नौ खेलाडीमा सीमित बनायो। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाए।

विश्वकप इतिहासकै पहिलो ४८ टोली सहभागी संस्करण तथा तीन देशद्वारा संयुक्त रूपमा आयोजना गरिएको यो प्रतियोगिताको सुरुआत उत्साहपूर्ण भए पनि मैदानमा देखिएको आक्रामक खेलशैलीले चर्चा बटुल्यो। विश्वकप उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको यो पहिलो पटक भएको बताइएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

जितपछि मेक्सिकोका मुख्य प्रशिक्षक हाभियर अगिरेले टोलीको प्रदर्शनमा अझ सुधार आवश्यक रहेको प्रतिक्रिया दिए। उनले आफ्नो टोलीले थप गोल गर्न सक्ने अवसर गुमाएको उल्लेख गर्दै आगामी खेलमा अझ प्रभावशाली प्रदर्शनको अपेक्षा व्यक्त गरे।

यस जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। अब मेक्सिकोले आगामी खेलमा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ भने दक्षिण अफ्रिकाले चेक रिपब्लिकको सामना गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.