शनिबार, श्रावण ९,२०८३ 09:13:18
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 09:13:18
Bizshala
Global IME Bank Limited

अमेरिकी स्टेडियममा विश्वकप फुटबल हेर्ने दर्शकलाई महँगो पर्ने, कति लाग्ला खानाको खर्च ?

अमेरिकी स्टेडियममा विश्वकप फुटबल हेर्ने दर्शकलाई महँगो पर्ने, कति लाग्ला खानाको खर्च ?
New Office

काठमाण्डौ । आगामी जुन ११ देखि सुरु हुने २०२६ फिफा विश्वकप फुटबलका दर्शकहरूले केही अमेरिकी स्टेडियमहरूमा खेलका दिन निकै महँगो खर्चको सामना गर्नुपर्ने देखिएको छ। नयाँ अनुसन्धान अनुसार, टिकट मात्र होइन, स्टेडियमभित्र खानेकुरा र पेय पदार्थको मूल्य पनि अत्यधिक हुने अनुमान गरिएको छ।

सिटपिकको अध्ययनले एक बियर र एक सामान्य खानाको संयुक्त लागतलाई आधार मानेर १६ वटा स्टेडियमको तुलना गरेको छ। नतिजामा अमेरिकी प्रमुख शहरका स्टेडियमहरू सबैभन्दा महँगा देखिएका छन्।

सबैभन्दा महँगो स्टेडियम लेभिज् स्टेडियम रहेको छ, जहाँ एउटा बियर र एकजनाका लागि खाना किन्न करिब ३४.२४ डलर खर्च लाग्छ। त्यसपछि मेट लाइफ स्टेडियममा ३३.२२ र सोफि स्टेडियममा ३२.२४ डलर खर्च हुने देखिएको छ।

विशेषज्ञहरूका अनुसार, यी उच्च मूल्यहरू अमेरिकाका ठूला शहरहरू—सान फ्रान्सिस्को बे एरिया, न्यूयोर्क÷न्यु जर्सी र लस एन्जलसमा हुने ठूलो इभेन्टहरूको सामान्य महँगाइसँग जोडिएको हो।

अर्कोतर्फ, सबैभन्दा सस्तो स्टेडियम मेक्सिकोमा देखिएको छ। इस्टाडियो एट्जेट्कामा एउटा बियर र खानाको जम्मा ९.७७ डलर मात्र पर्छ, जुन लेभिज् स्टेडियम भन्दा करिब २४ डलरभन्दा बढी सस्तो हो।

त्यस्तै, स्टाडियो एट्जेट्का र स्टाडियो बीबीभीए पनि सस्तो सूचीमा परेका छन्।

विश्लेषकहरूले विश्वकप टिकट महँगो हुने मात्र होइन, स्टेडियमभित्रको खर्चले पनि समर्थकहरूको कुल बजेट निकै बढाउन सक्ने चेतावनी दिएका छन् ।

फिफा विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयो्जना हुँदैछ । यी तीन देशका विभिन्न १६ वटा शहरमा फुटबलको महाकुम्भ आयोजना हुनेछ । जसमध्ये अमेरिकाको ११ वटा शहर, मेक्सिकोको ३ वटा र क्यानडाको दुईवटा शहरमा यसपटकको विश्वकप आयोजना हुनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.