मंगलवार, असार २,२०८३ 10:52:54
Bizshala
  • मंगलवार, असार २,२०८३ 10:52:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानले विश्वकप यात्रा जारी राख्दा अमेरिकामा प्रदर्शन, प्रवासी समुदाय विभाजित

Laxmi Sunrise Bank Limited
इरानले विश्वकप यात्रा जारी राख्दा अमेरिकामा प्रदर्शन, प्रवासी समुदाय विभाजित
Shivam Cement

काठमाण्डौ । इरानको राष्ट्रिय फुटबल टोलीले न्युजिल्यान्डविरुद्ध विश्वकप खेल खेल्नु अघि अमेरिकाको लस एन्जलसस्थित स्टेडियम बाहिर सयौं इरानी–अमेरिकीहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले तेहरान सरकारविरुद्ध नारा लगाउँदै पूर्व–क्रान्ति कालको सिंह र सूर्य अंकित झण्डा प्रदर्शन गरेका थिए।

स्टेडियम बाहिरको वातावरण तनावपूर्ण बनेको थियो। प्रदर्शनकारीहरूले इरान सरकारको आलोचना गर्दै टोलीलाई सरकारसँग जोडिएको प्रतीकका रूपमा प्रस्तुत गरे भने अन्य समर्थकहरूले भने खेललाई राजनीति भन्दा अलग राख्नुपर्ने बताएका थिए।

Bizshala
New Office
CG Motors

भित्र स्टेडियममा हजारौं दर्शकको उपस्थितिमा खेल भएको थियो। खेलका क्रममा दुवै पक्ष समर्थक र विरोधीबीच भावनात्मक प्रतिक्रिया देखिएको थियो। कतिपयले इरानको राष्ट्रिय झण्डा फहराएका थिए भने केहीले ‘सिंह र सूर्य’ प्रतीक बोकेका थिए।

विरोधका क्रममा केही स्थानमा झण्डा खोस्ने र च्यात्ने घटनासमेत भएको बताइएको छ, जसले सुरक्षा निकायलाई हस्तक्षेप गर्न बाध्य बनाएको जनाइएको छ । 

अमेरिकामा बसोबास गर्ने ठूलो इरानी समुदाय भएको दक्षिणी क्यालिफोर्नियामा यो खेलले गहिरो विभाजन देखाएको छ। केहीले ‘यो हाम्रो देशको टोली हो’ भन्दै समर्थन जनाएका थिए भने अन्यले ‘यो सरकारको प्रतिनिधित्व गर्ने टोली हो’ भन्दै विरोध गरेका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

इरानका कप्तान मेहदी तारेमीले भने टोली सबै इरानी जनताको प्रतिनिधित्व गर्ने बताउँदै खेललाई एकताका रूपमा लिन आग्रह गरेका छन्। यसबीच, इरानको विश्वकप सहभागिता पछिल्ला राजनीतिक तनाव, युद्ध र कूटनीतिक विवादका कारण थप संवेदनशील बनेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.