आईतवार, श्रावण १७,२०८३ 05:44:50
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 05:44:50
Bizshala
Global IME Bank Limited

मनसुनजन्य विपद् : २४ घण्टामा एकको मृत्यु, २० जना घाइते

मनसुनजन्य विपद् : २४ घण्टामा एकको मृत्यु, २० जना घाइते
New Office

 

काठमाण्डौ । देशका विभिन्न भागमा भएका मनसुनजन्य तथा अन्य विपद्का घटनामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्।

यस अवधिमा सर्पदंशबाट एक जनाको मृत्यु भएको हो। विभिन्न घटनामा परी २० जना घाइते भएका छन्।

प्राधिकरणको विवरणअनुसार २४ घण्टामा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावरको आक्रमणका तीनवटा घटना भएका छन्।

ती घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विपद्का कारण दुई स्थानमा सडक अवरुद्ध हुनुका साथै १८ वटा चौपायासमेत मरेका वा क्षति भएका छन्।

यसैबीच चालु वर्षको वैशाख १ गतेदेखि हालसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १९६ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन्।

सोही अवधिमा एक हजार २९१ जना घाइते भएका छन् भने पाँच हजार १८८ परिवार विपद्बाट प्रभावित भएको प्राधिकरणले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.