शुक्रबार, श्रावण ८,२०८३ 11:59:17
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:59:17
Bizshala
Global IME Bank Limited

क्रेजी फ्यानः विश्वकप फुटबल हेर्न बेल्जियमदेखि अमेरिकासम्म ४४ वर्ष पुरानो कारमा यात्रा गर्दै यी युवक

क्रेजी फ्यानः विश्वकप फुटबल हेर्न बेल्जियमदेखि अमेरिकासम्म ४४ वर्ष पुरानो कारमा यात्रा गर्दै यी युवक
New Office

काठमाण्डौ । विश्वकप फुटबल २०२६ शुरु हुन अब केही दिनमात्रै बाँकी छ । यो वर्षको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ । विश्वभरका फुटबल पारखीहरु विश्वकपको रौनक हेर्न र आफ्नो टोलीलाई समर्थन गर्न जाने सुरसारमा छन् ।

यस्तोमा बेल्जियमका अभिनेता, निर्देशक तथा फुटबलप्रेमी एडम एल मनावीको यात्रा भने अन्यको भन्दा अलि भिन्न छ । उनी विश्वकप हेर्न आफ्नो १९८२ मोडेलको बीएमडब्लू थ्रि सिरिज कुपेमा बेल्यिमदेखि अमेरिका यात्रा गर्दैछन् ।

एक समय बिग्रँदै गएको अवस्थामा पुगेको उक्त पुरानो कार बारम्बार मर्मत, इन्जिन समस्या र रंग उक्किने अवस्थाबाट गुज्रिएको थियो। तर २०२२ मा गरिएको मर्मतपछि कार पुनः लामो यात्राका लागि उपयुक्त बनेको उनको भनाई छ ।

फुटबलप्रति गहिरो लगाव राख्ने एल मनावीले सन् २०२२ मा आफ्नो प्रिय टोली बेल्जियमलाई समर्थन गर्न ब्रसेल्सदेखि कतारसम्म कार यात्रा गरेका थिए। उक्त यात्रामा उनले होटल वा पूर्व योजना बिना, अनिश्चित र साहसिक ढंगले यात्रा गर्दै विश्वकप अनुभव गरेका थिए।

त्यस यात्राको मुख्य उद्देश्य फुटबलमार्फत मानिसहरूबीच सम्बन्ध र अनुभव आदान–प्रदान गर्नु रहेको उनी बताउँछन्। तर, यात्रा अत्यधिक समय लम्बिँदा केही खेलहरू छुटेका थिए र बेल्जियम समूह चरणमै बाहिरिएपछि उनको फुटबल यात्रा अपेक्षाअनुसार सफल भएन।

यसपटक एल मनावी अझ ठूलो योजनासहित अमेरिका पुग्दैछन्। उनको कार हाल बाल्टिमोरमा आइपुगेको छ र अहिले कस्टम क्लियरेन्स प्रक्रियामा छ। छिट्टै उनले अमेरिकी सडकमार्ग हुँदै हजारौँ माइलको यात्रा सुरु गर्नेछन्।

उनको योजना अनुसार उनी कुनै होटल बुक नगरी, सीमित बजेटमा यात्रा गर्नेछन्। उनीसँग केवल खेलका टिकटहरू, केही फुटबल जर्सीहरू र यात्राका लागि आवश्यक न्यूनतम सामान मात्र रहनेछ।

उनले जुन १५ भित्र सियाटल पुगेर बेल्जियमको पहिलो समूह खेल हेर्ने र त्यसपछि लस एन्जलस लगायत विभिन्न सहरहरूमा यात्रा जारी राख्ने योजना बनाएका छन्।

एल मनावीका अनुसार फुटबल केवल खेल मात्र होइन, मानिसहरूबीच सम्बन्ध बनाउने माध्यम हो। उनी जहाँ गए पनि अनौपचारिक रूपमा मानिसहरूसँग भेट्ने, स्थानीयसँग फुटबल खेल आयोजना गर्ने र अनुभव साझा गर्ने योजना बनाइरहेका छन्।

‘म आफ्नो बेल्जियम जर्सी लगाएर कुनै रेस्टुरेन्ट वा डाइनरमा पस्छु, अनि त्यहीँबाट खेल र कुराकानी सुरु हुन्छ,’ उनले भनेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.