आईतवार, श्रावण १७,२०८३ 05:06:39
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 05:06:39
Bizshala
Global IME Bank Limited

अमेरिकाको क्यालिफोर्नियामा बी–५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा बी–५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु
New Office

काठमाण्डौ । अमेरिकी वायुसेनाको बी–५२ स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान सोमबार क्यालिफोर्नियास्थित इडवाड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै आठ जनाको मृत्यु भएको छ।

वायुसेनाका अनुसार विमान स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानमा निस्किएको थियो। उक्त उडान रडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण अभियानको हिस्सा रहेको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको भए पनि कोही पनि जीवित फेला परेनन्।

मृतकहरूमा सैन्य कर्मचारी, सरकारी नागरिक कर्मचारी तथा सरकारी ठेकेदारहरू रहेका छन्। विमान निर्माता बोइङले आफ्ना दुई कर्मचारी पनि उक्त उडानमा रहेको पुष्टि गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। अमेरिकी वायुसेनाले औपचारिक अनुसन्धान सुरु गरेको छ र विस्तृत प्रतिवेदन सार्वजनिक हुन करिब ६ महिनासम्म लाग्न सक्ने जनाएको छ।

बी–५२ अमेरिकी वायुसेनाको सबैभन्दा पुरानो रणनीतिक बमवर्षक विमानमध्ये एक हो। सन् १९५५ देखि सेवामा रहेको यो विमान लामो दूरीसम्म उड्न सक्ने र परम्परागत तथा आणविक हतियार बोक्न सक्षम मानिन्छ। हाल पनि अमेरिकी रणनीतिक सैन्य क्षमताको महत्वपूर्ण हिस्सा रहेको बी–५२ को यो दुर्घटना सन् २००८ पछिको पहिलो घातक दुर्घटना तथा सन् १९८२ यताकै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना मानिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.