बुधबार, चैत्र ११,२०८२ 11:59:52
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 11:59:52
Bizshala
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तले डाक्यो साधारण सभा, सेयर परिमार्जन र मर्जरमा जाने विशेष प्रस्ताव

Hyundai Nepal
उन्नति सहकार्य लघुवित्तले डाक्यो साधारण सभा, सेयर परिमार्जन र मर्जरमा जाने विशेष प्रस्ताव
Shivam Cement

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयर स्वामित्व परिमार्जन गर्ने प्र्रस्तावसहित ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २८ गते १० बजे एशियन बुद्ध होटल रुपन्देहीमा बस्ने निर्णय गरेको हो ।  

सभाले संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरी ४४.४२ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ ।  

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रित्त सञ्चालक पदमा एक जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १६ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । जसअनुसार चैत १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.